निर्मला प्ररकण: निलम्बित एसपीसहित तीनै जनाको डीएनए मिलेन

कठमाडौं, असोज १४ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट नमिलेको आएको छ।
कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतका अनुसार तीनै जनाको डीएनए रिपोर्ट कञ्चनपुर पुगिसकेको र मेल खाएको छैन्।
प्रहरी प्रधान कार्यालयले निर्मला हत्याकाण्डमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टको र कञ्चनपुर प्रहरीले एसपी विष्टका छोरा किरण र स्थानीय आयुस विष्टको डीएनए परीक्षण गरेको थियो ।
आज उनीहरु तीनै जनाको डीएनए रिपोर्ट कञ्चनपुर प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको डीएसपी कृष्णराज ओझाले जानकारी दिए । प्रहरी स्रोतका अनुसार एसपी विष्टको छोराको डीएनले मिलेको छैन ।
प्रतिक्रिया दिनुहोस्