८ बर्षभित्र चिनियाँ र भारतीय रेल काठमाडौंमा, नारायणी र कोशीमा पानी जहाज

काठमाडौं, असोज १३ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आगामी ८ बर्षभित्र चिनियाँ र भारतीय रेल काठमाडौ आईपुग्ने बताएका छन् ।
संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका पुगेका मन्त्री ज्ञवालीले आगामी ८ बर्षभित्र चीन र भारतका रेलवे नेटवर्टसँग काठमाडौं जोडिने बताएका हुन् ।
ज्ञवालीले जुनसुकै ‘रुट’ तथा सवारीका सधान प्रयोग गर्न सकिने मार्गका लागि प्रयास भइरहेको बताउँदै भारतसँग जलमार्गका लागि पहिलो चरणमा नारायणी र दोस्रो चरणमा कोशी नदीमा सम्भाव्यता अध्ययन हुने जानकारी दिए । साथै उनले नेपाल पुनः भारत तथा चीनको व्यापारिक केन्द्र बन्न सक्ने दावी पनि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्