दाङमा माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको ज्यान गयो
काठमाडौं, असोज १३ । दाङको राप्ती गाउँपालिका-४, दोलहीखोलामा माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको ज्यान गएको छ ।
दशैंका लागि घर पोत्ने माटो लिन गएका उनीहरुको ढिस्कोले पुरिएर घटनास्थलमै ज्यान गएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेहरुमा ३० वर्षीया स्यामाकुमारी चौधरी, ३५ वर्षीया मिना चौधरी र १२ वर्षीया रेजिना चौधरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्