यू–१९ एसिया कप : नेपाललाई पहिलो सफलता, भीमले लिए भारतको पहिलो विकेट

कठमाडौं, असोज १३ । बंगलादेशमा भैरहेको यू–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपालले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।
नेपाली बलरले लामो समयपछि भारतीय ओपनिङ ब्याट्सम्यानको पार्टनरसिप तोड्न सफल भएका छन् । नेपाली बलर भीम सार्कीले १७ औँ ओभरको अन्तिम बलमा देवदत्त पादिकललाई एलबीडब्ल्यू आउट गराएका हुन् ।
पादिकलले यशश्वी जयशवालसँग मिलेर १०२ बलमा ८३ रनको साझेदारी गरेका थिए ।
ताजा अवस्थामा भारतले २० ओभरको समाप्तिमा १०३ रन बनाएको छ ।
अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको नेपालको यसपटकको लक्ष्य फाइनल पुग्ने छ । यद्यपी एक पछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै अघि बढ्ने योजना नेपालको छ ।

नेपाल र भारत यू–१९ एकदिवसीयमा अहिलेसम्म सात पटक भिडेकोमा भारतकै पल्ला भारी छ । ६ खेल भारतले जितेको छ भने एक खेलमा नेपाल विजयी भएको छ ।

गत संस्करणको एसिया कपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो । त्यसअघिका ६ खेलमा पराजित भएको थियो ।

सन् २००० मा भएको यू–१९ विश्वकपमा नेपालले भारतसँग ८ विकेटको पराजय ब्यहोरेको थियो । त्यसपछि एकैपटक सन् २०१२ मा भएको यू–१९ एसिया कपमा नेपाल ८१ रनले पराजित भएको थियो ।

सन् २०१३ मा भारत ९ विकेटले विजयी भयो भने सन् २०१६ को यू–१९ विश्वकपमा भारत ७ विकेटले विजयी भएको थियो भने त्यसे वर्ष भएको एसिया कपमा पनि भारत ६ विकेटले विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्