काठमाडौं, असोज १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगको निरीक्षण गरेका छन्। प्रधानमन्त्री ओलीलाई नियोगका काम कारवाहीका विषयमा कार्यवाहक प्रमुख निर्मलराज काफ्ले तथा अन्य कर्मचारीले जानकारी दिएका थिए।
उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नियोगका कर्मचारीलाई मुलुकको छवि अन्तर्राष्ट्रिय जगतमा उजिल्याउने गरी काम गर्न आग्रह गरे। उनले नेपालको आफ्नै शान्ति प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिन पनि आग्रह गरे।
उक्त अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी थिइन्। प्रधानमन्त्री ओलीका साथमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु रहेका थिए।
प्रतिक्रिया दिनुहोस्