यौनजन्य हिंसाको विरोधमा पद्म कन्या क्याम्पसका विद्यार्थीहरुले गरे प्रदर्शन !

काठमाडौं, असोज १३ । महिला तथा बालिकामाथि भईरहेका बलात्कार लगायतका यौनजन्य हिंसाको विरोधमा पद्म कन्या क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
अखिल क्रान्तिकारी पध्मकन्या क्याम्पस समितिको अगुवाईमा शुक्रबार भएको प्रदर्शन र्याली पुतलीसडक, बागबजार, रत्नपार्क , भृकुटी मणडप हुँदै पुन क्याम्पसमा गएर कोण सभामा परिणत भएको थियो ।
सभालाई सम्वोधन गर्दै क्रान्तिकारीकी नेतृ बसन्ता भण्डारीले अहिले महिला तथा बालबालिकामाथि बर्बर रुपमा हिंसा भईरहेको र यसलाई अन्त्य गर्न व्यापक अभियान सन्चालन गर्नु पर्ने बताईन ।
पुरानो संस्कृति र समाजले महिलालाई भोग्य वस्तुको रुपमा मात्र हेरि महिला तथा बालिकामाथि अत्याचार गरिरहेकोले यस्तो सोच, विचार र चिन्तनको विरुद्द सबैले लड्नु पर्ने कुरामा उनले जोड दिईन ।
पछिल्लो समय देशभरि बलात्कार र हिंसाका घटनाहरु वृद्धि भईरहेका छन् । निर्मला पन्त संगै धेरैले अझै न्याय पाउन सकेका छैनन् भने पोखरामा अस्तीमात्रै तीन कक्षामा अध्ययनरत बालिका श्रेया बिकको बलात्कार पछि हत्या गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्