एसिया कप क्रिकेटको उपाधि भारतले उचाल्यो

काठमाडौं असोज १३ । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा बंगलादेशलाई तीन विकेटले हराउँदै भारतले सातौं पटक एसिया कपको उपाधि उचालेको हो ।
भारतको जितमा रोहित शर्माले सर्वा्धिक ४८ रन बनाए ।
रविन्द्र जडेजाले २३ र भुवनेश्वर कुमारले २१ रन योगदान गरे । केदार जाधव २३ र कुलदीप यादव पाँच रन बनाउँदै नटआउट रहे ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको बंगलादेशले राम्रो सुरुआत गरेको थियो । उसको पहिलो विकेट १२० रनमा गुमेको थियो । तर बंगलादेशले ठूलो स्कोर खडा गर्न सकेन । बंगलादेश ४८ ओभर ३ बलमा २२२ रनमा अलआउट भयो । लक्ष्य पछ्याएको भारतले ५० ओभरमा २२३ रन बनाएर जित हासिल र्गयो ।
भारतका कुलदीप यादवले तीन र केदार जाधवले दुई विकेट लिए । जसप्रित बुमराह र युजवेन्द्र चहलले एक- एक विकेट हात पारे ।
म्यान अफ दी म्याचको अवार्ड बंगलादेशका लिटन दास र म्यान अफ दी टुर्नामेन्ट भारतका शिखर धवनले हात पारे ।
प्रतिक्रिया दिनुहोस्