मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार गर्न भारत तयार

काठमाडौं, असोज १२ । भारतका पेट्रोलमन्त्री देवेन्द्र प्रधानले कार्यवाहक प्रधानमन्त्री प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गरेका छन् । कार्यबहाक प्रधानमन्त्री पोखरेलसँग शुक्रबार बिहान सिंहदरबारमा भारतका पेटोलमन्त्री प्रधानले शिष्टाचार भेट गरेका हुन् ।

भेटवार्तामा भारतीय मन्त्री प्रधानले मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाईन बिस्तारको काममा ढिलाई नहुने प्रतिवद्धता जनाए । उनले ग्यास ढुवानीमा देखिएको समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता जनाएको भेटपछि कार्यबहाक प्रधानमन्त्री पोखरेलले जानकारी दिए ।

नेपालका लागि भारतीय राजदुत मंजीभसिंह पुरी सहितको शिष्टाचार भेटमा भारतीय पेट्रोलमन्त्री प्रधानले हेटौंडामा निर्माणाधीन पोलिटेक्निक इन्टिच्यूटको काम सम्पन्न गर्न ढिलाई नहुने जानकारी गराएका थिए ।

भेटमा दुवै मुलुकको आपसी हितका अन्य विषयमा पनि कुराकानी भएको कार्यबहाक प्रधानमन्त्री पोखरेलको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्