प्रदेश ७ राजधानी विवादः प्रदेशसभा भवन अगाडि बिहानैदेखि प्रदर्शन

काठमाडौं, असोज ११ । प्रदेश ७ को राजधानीलाई लिएर केही दिनदेखि धनगढीमा भइरहेको प्रदर्शन आज पनि जारी रहेको छ ।
प्रदेश ७ सरकारले गोदावरीलाई प्रदेश ७ को राजधानी तोकेपछि प्रदर्शनमा उत्रिएका असन्तष्टहरुले आज पनि प्रदर्शन जारी राखेका हुन् ।
आन्दोलनकारीहरुले अहिले प्रदेश ७ को प्रदेशसभा भवनअगाडि भेला भएर धर्ना दिइरहेका छन् ।
वन तस्कर र भूमाफियासमेत संलन भएर गोदावरी नगरपालिका ४ तेघरीको जंगलमा प्रदेश राजधानी तोक्न काम भएको भन्दै उनीहरुले धनगढीलाई नै स्थायी राजधानी तोक्न माग गरेका छन् ।
जारी आन्दोलनलाई धनगढी उपमहानगरपालिका मेयर नृप बड स्वयंले अगुवाइ गरेका छन् ।
प्रदेश राजधानीलाई लिएर धनगढीका मेयर वडले उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रदेशसभा सांसदहरुले कारबाही माग गर्दै जिल्ला प्रशासन, कार्यालय कैलालीमा लिखित निवेदन पनि दिएका छन् ।
मेयर वडले भने बिहीबार विज्ञप्ति निकालेर आफूबाट केही गलत शब्द प्रयोग भएको भन्दै माफी मागेका छन् ।
प्रतिक्रिया दिनुहोस्