मेलम्चीको खानेपानी दुई महिनाभित्रै काठमाडौंमा आईपुग्ने Jagaran News Published On : 28 September, 2018 4:16 am कठमाडौं, असोज १२ । मेलम्ची खानेपानी आयोजना प्रमुख सुर्यराज कँडेलले अबको दुई महिनामा मेलम्चीको खानेपानी काठमाडौं आउने दावी गरेका छन् । राष्ट्रियसभाको सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै आयोजना प्रमुख कँडेलले टनेल ६ भागमाा बाँडेर फिनिसिङ गर्ने काम भईरहेको जानकारी दिए । अब आयोजनामा करिव १० किलोमिटर सुरुङमा फिनिसिङको गर्न बाँकी रहेको उनले बताए । दैनिक २ सय देखि २ सय ५० मिटरसम्म फिनिसिङको काम भईरहेको छ । आयोजनाको लागि आवश्यक सामग्रीहरु अबको तीन साताभित्र आइपुग्ने र भनेअनुसार कम भए टनेलको काम करिव डेढ महिनामा सकिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्