काठमाडौं, असोज १२। सरकारले दशैं, तिहार तथा छठ पर्वलाई लक्षितगरीका सुपथ मुल्य पसल सञ्चालन आजबाट सुरु गरेको छ । विगतमा वर्ष झै यो वर्षमा पनि दशैं, तिहार तथा छठ पर्वलाई लक्षितगरीका सुपथ मुल्य पसल गरेको हो ।
यो दसैंमा सुपथ मुल्य पसल साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थान र सहकारी संस्थामार्फत संयुक्त रूपमा सुुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले काठमाडौं स्थित कार्यालय अन्तर्गत ९ वटा स्थान र ३ वटा घुम्ती सेवा पसल तथा त्रिशुली विक्री डिपो सञ्चलन गर्ने छ । साथै कर्पाेरेशनको २२ वटा कार्यालय सहित ३६ स्थानहरु सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको छ ।
साथै संस्थालका सम्बन्धित कार्यालय तथा तोकिएका स्थानहरुबाट सहुलियत दरको चामल फापर, खसी, बोका,च्यांग्रा, नुन र चिनी विक्री लगयातको देनिक उपभोग्य बस्तुका सुपथ मुल्य पसल हुने छन् ।
यो वर्षमा दसै, तिहार छठपर्वमा उद्योगबाट ल्याएको दाल चालम ३ प्रतिशत छुट, विक्रेताहरुले दाल चामलमा ३ प्रतिशत, उद्योगले तेल, ध्युमा ३ प्रतिशत, पैठारीकर्ताले आयातित तेलमा ५ प्रति लिटरमा १५० छुट, चिनीमा उद्योगले प्रतिकेजी मुअब्जा आएकार बाहेक ५७ रुपैया वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा जानकारी गराएको छ ।
यस्तै सहकारी उद्योगले उत्पादन गरेका मसलामा १० रुपैँया छुट हुने जनाएको छ । सानो मन्सुली चामल प्रतिकेजी ५ रुपैँया छुट , जिरा मसिनोमा ५ रुपैँया छुट , बास्मती चामल १० रुपैँया , गोरखनाथ चामलमा १० रुपैंया , जापानीज चामलमा ५ रुपैँया , जुम्ली सिमी र तिते फापरमा प्रतिकेजी १० रुपैँयामा छुट हुने विभागले जनाएको छ ।
त्यस्तै साल्ट ट्रेडिङ प्रतिकेजी नुनमा २ र चिनीकम ५ रुपैँया छुट दिने भएको छ । दुग्ध विकास संस्थानले ध्यूप्रति लिटर ५० पनीर प्रतिकेजी १० रुपैया छुट दिने भएको छ । साथै अन्य दुग्धजन्य बस्तुहरुमा पनि छुट हुने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्