दसैंमा गाडी अभाव हुने, फूलपातिअघि नै घर जान यातायात विभागको आग्रह

काठमाडौं, असोज १२। यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि वैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैंमा यात्रामा समस्या हुने भएको छ ।
विभागले नै दसैंमा गाडी अभाव हुने संकेत गरेको हो ।
विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फूलापतिपछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने बताएका छन् ।
उनले फूलपाति कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म फूलपातिअघि नै घर जान यात्रुलाई आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्