काठमाडौं, असोज ११ । पाकिस्तानलाई हराँउदै बंगलादेश एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
गएराती भएको सुपर फोर चरणको अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई ३७ रनले हरायो ।
खेलमा पहिले व्याटिङ गरेको बंगलादेशले ४८ ओभर ५ बलमा अलआउट हुनुपूर्व २ सय ३९ रन जोड्यो ।
बंगलादशेका लागि विकेटकिपर ब्याट्सम्याज मुस्फिकर रहिमले ९९ रन जोड्दा मोहोमद मिथुनले ६० रनको योगदान दिए ।
बलिङतर्फ पाकिस्तानका जुनेद खानले ४ विकेट लिए । जवाफमा २ सय ४० रनको चुनौती पछ्याएको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रन मात्रै बनाउन सक्यो ।
प्रतिक्रिया दिनुहोस्