चाडपर्व लक्षीत गरी साल्टट्रेडिङ कर्पाेरेसनले सुपथ मुल्यको पसल सञ्चालन गर्दै

काठमाडौं, असोज ८ । साल्टट्रेडिङ कर्पाेरेसनले कालीमाटी, कोटेश्वर, टेकु, रामशाहपथ, सतुंगल, भक्तपुर र ललितपुरमा एकीकृत रूपमा सुपथ पसल सञ्चालन गर्ने तयारी गरेको छ ।
साल्टट्रेडिङ कर्पाेरेसनले चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलव्ध गराउने भएका हुन् । सरकारी संस्थान साल्ट्र ट्रेडिङ कर्पाेरेसन, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थान (डिडिसि) सँगै निजीक्षेत्रका व्यवसायीले दैनिक उपभोग्य वस्तुमा छुट दिन लागेका हुन् ।
संस्थानले दिने दैनिक उपभोग्य वस्तुमा छुट दाल चामल उद्योग र दाल चामल थोक विक्रेताले दाल र चामलमा तीन प्रतिशत छुट दिने छन् ।
यस्तै तेल, घ्यू उद्योगले तेल र घ्यूमा प्रतिलिटरमा ३ छुट रुपैयाँ, पैठारीकर्ताले आयातित तेलमा प्रतिपाँच लिटरमा १ सय ५० रुपैयाँ, चिनी उद्योगले प्रतिकेजीमा मूल्यअभिवृद्धि बाहेक ५ रुपैयाँ र सहकारी उद्योगले उत्पादन गरेको मसलमा १० रुपैयाँ छुट दिन व्यवसायी सहमत भएका हुन् ।
यस्तै विभिन्न सहकारी संस्थानले पनि सहुलियत दरमा खाद्यान्न वितरण गर्ने छन् । सरकारी पसलहरू, डिलर तथा खुद्रा पसलले बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा सूचीकरण भई सहुलियत मूल्यका पसल सञ्चालन गर्ने छन् ।
यस्तै खाद्य संस्थान, साल्ट्र टेड्रिङ कर्पाेरेसन, र डीडीसीले आफ्ना उत्पादन सहुलियत मुल्यमा सहकारी संस्था, डिलर तथा खुद्रा पसललाई उपलब्ध गराउने छन् ।
साल्ट्रटेडिङ कर्पाेरेसनले सहुलियत पसलमार्फत चिनीमा प्रतिकेजी पाँच रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने छ ।
यस्तै खाद्य संस्थानले गोरखनाथ चालम प्रतिकेजीमा १० रुपैयाँ र अन्य चामलमा पाँच रुपैयाँ छुट दिएको छ । फापर र सिमी प्रतिकेजीमा १० रुपैयाँ र खसीबोका प्रतिकेजीमा १० रुपैयाँ छुटको व्यवस्था गरेको छ । यस्तै घ्यूउ प्रतिलिटरमा पाँच रुपैया छुट दिइएको छ ।
यस्तै खाद्य संस्थानले प्रदेश १ को बिर्तामोड र विराटनगर, प्रदेश २ मा लहान, वीरगन्ज र जनकपुर, ३ नं. प्रदेशमा अञ्चल कार्यलय काठमाडौं, थापाथली, प्रदेश ४ को पोखरा, प्रदेश ५ को तुलसीपरमा सुपथ पसल सञ्चालन गर्ने छ ।
यस्तै प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ को धनगढीमा सुपथ पसल सञ्चालन गरिने छ । कर्पाेरेसनले मुलुकभर विभिन्न ३६ स्थानबाट आफ्नो डिपोमार्फत सुपथ पसल सञ्चालन गर्नेछ । उपत्यकामा सुपथ पसलका साथै घुम्तिसेवा मार्फत सहुलियत दरमा खाद्यान्न विरतण गरिने छ ।
दसैंमा उपभोक्तालाई खाद्यान्नमा छुट दिन खाद्य संस्थानले २ करोड र साल्टट्रेडिङ कर्पाेरेसनले १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएका छन् । सुपथ पसल कात्तिक २७ गतेसम्म सञ्चालन हुने छन् ।
प्रतिक्रिया दिनुहोस्