समाचारको लिंक सेयर गर्दा जसको गयो सरकारी जागिर
कठमाडौं, असोज ८ । सामाजिक सञ्जालमा समाचारको लिंक सेयर गरेको आरोपमा जिल्ला अदालत धनुषामा कार्यरत एक कर्मचारीको जागिर खोसिएको छ ।
संविधानविरोधी भावना व्यक्त भएको समाचारको लिंक सेयर गरेको आरोपमा डिठ्ठा पदमा करारमा कार्यरत गुञ्जा रायले सरकारी जागिरबाट हात धुनु परेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
गत असोज ३ गते संविधान दिवसको दिन आफूले संविधानविरोधी भावना व्यक्त गर्ने, ब्ल्याक आउको समर्थन गर्नेलगायतका पोस्ट सेयर गरेको उनले स्वीकार गरेकी छिन् । उनले लिंक सेयर गरेको आरोपमा जागिरबाट निकालिनु निरंकुशता भएको टिप्पणी गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्