काठमाडौं, असोज ८ । पाटन उच्च अदालतमा आइतबार साँझ गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नूरप्रसादले तोडफोड गरेका छन्। विचौलिया बनेर वारेश मार्फत अदालतमा चलिरहेको मुद्दा हारेपछि तोडफोड गरेका हुन्।
इजलास अधिकृतलाई समेत आक्रमण गरी कुर्सी, दराज लगायतका सामाग्री तोडफोड गरेपछि नियन्त्रणमा लिइएको छ।
अचानक आक्रोसमा आएका नूरप्रसादले कम्प्युटर, दराजका झ्यालका सिसा समेत तोडफोड गरी भौतिक क्षति र्पुयाएका अदालतका रजिष्टार बाबुराम दाहालले नेपाल लाइभलाई जानकारी दिए।‘नूरप्रसादले गोरखाको माया घतानीको मुद्दा वारेशमा लिएर आएका रहेछन्। मुद्दा हारेपछि आक्रमणको प्रयास गर्दै तोडफोड गरे,’ रजिष्टार दाहालले भने।
अदालतमा मानवीय क्षति हुने अवस्था आइसकेपछि प्रहरीले नूरप्रसादलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्