एसिड आक्रमणमा घाइते सम्झना दासको मृत्यु

काठमाडौं, असोज ८ ।  आफ्नै घरमा सुतिरहेका बेला एसिड आक्रमणमा परेर घाइते रौतहट चन्द्रनिगाहपुर नगरपालिकाकी सम्झना कुमारी दासको मृत्यु भएको छ।
आइतबारराति उनको मृत्यु भएको उपचारमा संलग्न डा. सुरेन्द्र बस्नेतले जानकारी दिए । चिन्ताजनक अवस्थामा उपचार गरेको भएपनि सम्झनालाई बचाउन नसकेको उनले बताए ।
१८ वर्षीया सम्झना र उनकी १५ वर्षीया बहिनी सुस्मितालाई गत भदौ २६ गतेराति (तिजको दरखाने दिन) एसिड प्रहार गरिएको थियो ।
बहिनी सुस्मिताको भने केही दिनमा डिस्चार्ज हुँदैछ। आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले दासका छिमेकी रामबाबुलाई हिरासतमा राखि अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्