नयाँ कानुन लागू भएपछि यस कारण बढ्दै छ सम्बन्धविच्छेदका घटना, पुरुष पनि अदालत धाउन थाले

काठमाडौं, असोज ७ ।   जिल्ला अदालत चितवनमा गत भदौमा ९५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । महिलाका तर्फबाट ५७ र पुरुषको तर्फबाट ३८ वटा मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।

वार्षिक रूपमा हेर्ने हो भने यो संख्या ११ सय ४० हुन आउँछ ।आर्थिक वर्ष ०७४र०७५ मा सम्बन्धविच्छेदका ७०७ वटा मुद्दा दर्ता भएका थिए ।

१ भदौमा नयाँ कानुन लागू भएपछि सम्बन्धविच्छेदका लागि पुरुष पनि अदालत धाउन थालेका छन् । सम्बन्धविच्छेदमा आर्थिक, सामाजिक र पारिवारिक कारण मुख्य देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्