फेरी किन सार्वजनिक यातायातको भाडा बढाएको सरकार : अध्यक्ष महर

काठमाडौं, असोज ७ ।  नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने गरी यातायात व्यवसायीसँग गरेको सहमति प्रति आपत्ति जनाएका छन् ।
एक विज्ञप्ति जारी गर्दै अध्यक्ष महरले दशैंको मुखैमा एकै चोटी दश प्रतिशतले मूल्य बढाउनु जनताप्रति अन्याय भएको बताएका छन् ।
‘कर बृद्धि, मूल्य बृद्धि, यातायातको टिकट बृद्धि, पेट्रोलियम पदार्थको मूल्य बृद्धि, सबै चिजमा मूल्य बृद्धि’, महरले भने, ‘अनि जनतालाई राहत के मा ? जनताले चौतर्फि बढेको महंगीको मार कसरी थेग्ने ?’ उनले तत्काल पेट्रोलियम पदार्थको मूल्य फिर्ता गरी यातायातको भाडादर पनि पुरानै कायम गर्न माग गरे ।
उनले तत्काल बढेको मूल्य र भाडादर फिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सधै जनताको ढाड मात्र सेक्ने भए सरकार कसका लागि हो र सरकारको काम के हो रु अब त सरकारको अस्तित्व माथि नै प्रश्न गर्नुपर्ने बेला आएको उनले बताए ।
जनताको सरकार भए जनताको चाहना बमोजिम काम गर्न उनले सुझाव दिए । सरकार यसैगरी स्वइच्छाचारी बन्दै गए उसको लोकप्रियता खस्कदै जाने बताए ।
शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारको यातायात व्यवसायीसँग भाडादर बढाउने सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्