लिभरपुलको विजयी यात्रा कायमै, साउथह्याम्टन ३-० ले पराजित

काठमाडौं, असोज ७ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो विजयी यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्टनलाई पराजित गरेको हो । साउथह्याम्टनलाई लिभरपुलले ३—० गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ।
लिभरपुलले साउथह्याम्टनमाथि पहिलो हाफमै ३ गोल गर्दै आफुलाई बलियो बनाइ सकेको थियो भने दोस्रो हाफमा साउथह्याम्टनले गोल फर्काउन पनि सकेन।
लिभरपुलका लागि खेलको १० औं मिनेटमा साउथह्याम्टनका वेल्सलेय होइटले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता बढाएको थियो । त्यस्तै, लिभरपुलका लागि दोस्रो गोल जोइल मटिपले खेलको २१ औं मिनेटमा गोल गरेका थिए।
त्यस्तै, लिभरपुलको जितका लागि निर्णायक गोल मोहमद सलाहले पहिलो हाफमा थप गरिएको समयमा गरे।
लिभरपुलले पहिलो हाफमै ३ गोल गर्दै दोस्रो हाफमा रक्षात्मक खेलेको थियो भने साउथह्याम्टनले गोल फर्काउन नसकेपछि ३—० गोल अन्तरले पराजित भयो।
साउथह्याम्टनलाई पराजित गरेसँगै लिभरपुल ६ खेल जित्दै १८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । शनिबारको जितसँगै लिभरपुलको इतिहासमा एकै सिजनमा लगातार ७ खेल जितेको पहिलो पटक हो।
प्रतिक्रिया दिनुहोस्