निर्मलाको मुद्दामा केही नगरेको भन्दै मुख्यमन्त्री भट्टको राजिनामा माग
काठमाडौं,६ असोज। सात नम्बर प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कर्ण मल्लले मुख्य मन्त्रीको राजिनामा माग गरेका छन्।
शुक्रबार भएको बैठकसभामा बोल्दै सांसद मल्लले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाको २ महिना पुगिसक्दा पनि प्रदेश सरकारको कुनै भूमिका नरहेको बताउँदै मुख्यमन्त्री त्रिलोचन भट्टको राजिनामा माग गरेका हुन्।
निर्मला पन्तको हत्या घटनामा केन्द्र तथा प्रदेश सरकार संवेदनहीन तरिकाले गइराखेको हुँदा हत्यारालाई चाँडो भन्दा चाँडो कारवाही गर्न नसके मुख्यमन्त्रीले राजिनामा दिनुपर्ने मल्ले माग गरे।
दुई तिहाइ र जनताले अत्यधिक रुचाइएको सरकारले गरिब र मजदुरकी छोरी बलात्कृत पछि हत्या हुदाँसम्म पनि एउटा एसपीलार्इ निलम्बन गर्न बाहेक केही गर्न नसकेको उनको आरोप छ।
प्रतिक्रिया दिनुहोस्