भूकम्पको तेस्रो किस्ता लिनेको सङ्ख्या न्यून

काठमाडौं, असोज ६ ।  भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत निजी आवास पुनःनिर्माणको लागि तेस्रो किस्ता लिनेको सङ्ख्या न्यून रहेको पाइएको छ ।
जिल्लामा निजी आवास पुनःनिर्माण गर्न भदौ महिनासम्ममा तेस्रो किस्ता लिनेको सङ्ख्या १६ हजार १३४ रहेको आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख लोकनाथ रेग्मीले बताए ।
जिल्लामा ९० हजार ४९७ घर परिवारको सर्वेक्षण भएकामा पहिचान भएका ८२ हजार ८३३ लाभग्राही थिए । तीमध्ये गुनासो फछ्र्योट भएर आएकासहित गरेर पूर्ण लाभग्राही (पूर्ण क्षतिको) सङ्ख्या ७७ हजार ४१४ र प्रवलीकरण लाभग्राहीको सङ्ख्या पाँच हजार ४१९ थियो ।
अब पहिलो किस्ता र दोस्रो किस्ताका लागि माग गर्न आउनेको सङ्ख्या निकै कम देखिएको छ । प्रमुख रेग्मीले भने । जिल्लाका लाभग्राहीमध्ये ६७ हजार २५९ घरपरिवारले पहिलो किस्ता प्राप्त गरिसकेका छन् भने दोस्रो किस्ता प्राप्त गर्नेको सङ्ख्या ४४ हजार ९० छ ।
गैरसरकारी संस्थामार्फत पहिलो किस्ता दुई हजार ६१०, दोस्रो किस्ता दुई हजार १३४ र तेस्रो किस्ता एक हजार ४८५ लाभग्राहीलाई प्रदान गरिएकोे थियो ।
प्रतिक्रिया दिनुहोस्