अमेरिकाको मेरील्याण्डमा अन्धाधुन्ध गोली प्रहार, एक नेपाली महिलासहित तीनजनाको मृत्यु

काठमाडौं,६ असोज ।  अमेरिकाको मेरील्याण्डमा एक महिलाले अन्धाधुन्ध गोली चलाउँदा एक नेपाली महिलासहित तीनजनाको ज्यान गएको छ । घटनामा अरु तीनजना घाइते भएका छन् ।
२६ वर्षकी स्नोचिया मोसलीले स्थानीय समय अनुसार बिहीबार गोली चलाउँदा तीनजनाको ज्यान गएको र अरु तीनजना घाइते भएको अमेरिकी सञ्चार माध्यम सिएनएनले जनाएको छ ।
गोली लागेर मेरील्याण्ड बस्दै आएकी पर्वतकी ४१ वर्षीया बृन्दा गिरीको ज्यान गएको हो । राइट एड डिस्ट्रिब्युसनमा कार्यरत बृन्दासहित तीनजनाको ज्यान गएको हो ।
गोली चलाउने मोसलीले पनि त्यहाँ दुई हप्ता भन्दा कम समयदेखि काम गर्दै आएकी थिइन् र उनी स्वास्थ्य सामग्र बिक्रेता कम्पनीसँग रुष्ठ रहेको सिएनएनले उल्लेख गरेको छ ।
मोसलीले अरुलाई गोली हानेपछि आफूलाई पनि गोली प्रहार गरेकी थिइन् । तर अन्धाधुन्ध गोली चलाउनुको खास कारण भने अहिलेसम्म खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्