यातायात व्यवसायीहरु यात्रुप्रति अनुत्तरदायी
काठमाडौँ, ६ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंमा घर फर्कने यात्रुहरुलाई अग्रिम टिकट बुकिङको लागि असोज ५ गतेदेखि खुल्ला गरेको घोषणा गरेको थियो । तर पेट्रोलियम पदार्थको मुल्य वृद्धिलाई लिएर व्यवसायीहरुले स्थास्थितिमा टिकट खुला गर्न नकिने जनाउँदै यातायात व्यावसायी अग्रिम टिकट बुकिङ खुला नगरेको जानकारी गराए । यसले गदाए सर्व साधरण मर्कामा परेको छ । यसबाट व्यवसयाीहरु यात्रुप्रति अनुत्तरदायी भएको देखिन्छ ।
यसै दर्शैंको अग्रिम टिकट बुकिङलाई लिएर यातायात व्यवसायी र सरकारी पक्षबीच शुक्रबार भएको वार्ता बिना पनि निश्कर्ष सकिएको छ ।
व्यावसायी र यातायात व्यवस्था विभागका प्रतिनिधिबीच शुक्रबार भएको वार्ता अर्को दिन पुन बस्ने गरी सकिएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अग्रिम टिकट बुकिङ खुला, सरकारले बन्द गरेको व्यवसायी समितिहरुको खाता खुलाउने र पेट्रोलियम पदार्थको पछिल्लो पटक बढेको मुल्य फिर्ता गर्नुपर्ने लगायतका मागमा छलफल भएपनि सहमतिमा पुग्न नसकेको बताए ।
छलफलमा व्यवसायीहरुले बढाएको पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म अग्रिम टिकट बुकिङ नखुलाउने अडान राखेका थिए । तर, सरकारी पक्षले मूल्य घटाउन नसक्ने जवाफ दिएका थिए ।
सरकारले समितिको खाता नखोल्दा विरामीहरुको उपचार गर्न नसकेको उनीहरुको भनाइ छ । त्यस्तै पछिल्लो समय आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मुल्य फिर्ता लिनुपर्ने पनि व्यवसायीहरुको माग छ ।
कम्पनीमा आवद्ध भएका यातायात कम्पनीहरुले भने शुक्रबारबाटै दशैंका लागि अग्रिम टिकट विक्री सुरु गरिसकेका छन् । यसले व्यवसायीलाई चुनौति दिएको छ ।
प्रतिक्रिया दिनुहोस्