यातायात व्यवसायी र सरकारबीच वार्ता हुँदै, होला त सहमति ?

काठमाडौं , असोज ५। यातायात व्यवसायी समितिको बन्द खाता खुलाउने विषयमा सरकारी पक्ष र व्यवसायीबीच आज निर्णायक वार्ता हुने भएको छ ।
व्यवसायी र यातायात व्यवस्था विभागका प्रतिनिधिबीच शुक्रबार दिउँसो २ बजे बार्ता हुन लागेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
उनका अनुसार अग्रिम टिकट बुकिङ खुला, सरकारले बन्द गरेको व्यवसायी समितिहरुको खाता खुलाउने र पेट्रोलियम पदार्थको पछिल्लो पटक बढेको मूल्य फिर्ता गर्नुपर्ने लगायतका मागमा छलफल हुनेछ ।
व्यवसायीहरुले बिना शर्त बन्द खाता खोल्नुपर्ने माग राख्दै गत भदौ ३१ गते सरकारलाई चेतावनी दिएका थिए ।
सरकारले समितिको खाता नखोल्दा विरामीहरुको उपचार गर्न नसकेको उनीहरुको भनाइ छ ।
त्यस्तै पछिल्लो समय आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिनुपर्ने पनि व्यवसायीहरुको माग छ ।
प्रतिक्रिया दिनुहोस्