आजदेखि खुल्ला गर्ने भनिएको अग्रिम टिकट बुकिङ खुलेन, यात्रुलाई व्यवसायीको झापट
काठमाडौं, ५ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ असोज ५ (आज) खुल्ला गर्ने घोष्णा गरेता पनि पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघ टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बिहिबार बसेको बैठकले नेपाल आयल निगमले पटक पटक पेट्रलिय पदार्थमा गरेको मुल्य वृद्धिलाई लियर यथास्थितिमा अग्रिम टिकट बुकिङ खुलाउन नसकिने भन्दै असोज ५ ( आज) गतेदेखि खुल्ला गर्ने घोषणा गरेको अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय गरेको थियो ।
महासंघका महासचिव सरोज (पुण्य प्रसाद) सिटौलाले नेपाल आयल निगमले पटक पटक पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि फिर्ता नलीयसम्म अग्रिम टिकट बुकिङ खोल्न नसकिने बताए । उनले मुल्य वृद्धि फिर्ता निल निगमलाई ४८ घण्टे अल्टिमेटम दिएको बताए ।
यससंगै दशैंको लागि अग्रिम टिकट बुकिङ गर्ने यात्रुहरुलाई समस्या परेको छ । सधैं जसो दशैंको मुखमा विभिन्न वहानावाजी गर्दै अग्रिम टिकट बुकिङ गर्न वार्गेनिङ्ग गर्दै आएको यातायात व्यवसायीले यस पटक पनि यसलाई दोहोर्याएको छ ।
महासंघ र यातायात व्यवस्था विभागबिच सम्झौता गरेरे असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्लाको घोषणा गरेको थयो ।
व्यवसायीले अग्रिम टिकट बुकिङ स्थगितको वहाना नेपाल आयाल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धिलाई बनाएको छ । व्यवसायीले नेपाल आयल निगमले मुल्यवृद्धि फिर्ता निल माग गरेको छ । गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ । यो मारमा जनता परेको छ ।
यसले व्यवसायी जनताप्रति उत्तरदायी नभएको पुष्टि भएको छ । यो व्यवसायीको भादादर वृद्धि गर्ने दरिलो आधार पनि हो । यसलाई टेकेर भाडादर वृद्धि गर्ने पक्षामा यातायात व्यवसायी पुगेको छ ।
नेपाल आयन निगमले भने अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको मुल्य वृद्धि भएकाले मुल्य समायोजन गरेको दावी छ ।
प्रतिक्रिया दिनुहोस्