माइतीघरमा फहराइयो १०० मिटर अग्लो राष्ट्रिय झण्डा

काठमाडौँ, ३ असोज । संविधान विसको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा एक सय मिटर अग्लो राष्ट्रिय झण्डा गाडिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आबद्ध युवा संघ नेपाल र वाइसिएलले माइतीघरमा राष्ट्रिय झण्डा फहराएका हुन् ।
युृवा संघ अध्यक्ष रमेश पौडेल र वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले संयक्त रुपमा तीन टन तौल र १०० मिटर अग्लो पोलमा राष्ट्रिय झण्डा फहराएका हुन् । झण्डा र पोलको व्यवस्थापन पुरण गिरी र हरिश गौतमले गरेको पौडेलले बताए ।
यसअघि शहीद दिवसका अवसरमा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवी माधवप्रसाद घिमिरेले फहराएको माइतीघरको राष्ट्रिय झण्डा पछिल्लो समय च्यातिएको थियो ।
प्रतिक्रिया दिनुहोस्