टुँडिखेलमा नेकपा सचेतक शान्ता चौधरी बेहोस

काठमाडौँ,  असोज ३ संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा उपस्थित भएकी नेकपाको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएकी छिन् ।

चौँथो संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन गएकी सांसद चौधरी बेहोस भएर ढलेकी हुन् ।

चर्को घाम लागेकाले गर्मीका कारण सांसद चौधरी ढलेको हुन सक्ने अनुमान छ ।

डाक्टरले चेक जाँच गरी औषधि दिएपछि उनलाई कार्यक्रम स्थलमै आराम गराइएको जनाइको छ ।

प्रतिक्रिया दिनुहोस्