काठमाडौं,३ असोज। देशैभरि संविधान दिवसको उलासमय खुशियालीका कार्यक्रमहरु मनाइरहदा जनकपुरमा भने संविधानको विरोधमा कालो दिवस मनाउने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धनका ५० जनाभन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरको विभिन्न स्थानबाट सिके राउतको कार्यकर्ताहरुलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।
अलग मधेशको माग गर्दै आन्दोलनरत्त सिके राउत नेतृत्वको गठबन्धनले आज संविधान दिवसको अवसरमा जनकपुरको बाह्रविघा रंगभूमि मैदानमा कालो दिवस मनाउने तयारी गरेका थिए । पूर्व घोषित कार्यक्रम अन्तर्गत सिके राउतले आज मनाउने भनेको कालो दिवसको कार्यक्रम गर्नु औचित्य नभएको र देश द्रोही भएको विश्लेषकहरु बताउछन् ।
यसै प्रशंगलाई प्रहरीले उनका गतिविधिलाइ मध्यनजर गर्दै पहिलादेखि नै सुरक्षा व्यवस्था कडा गरेको थियो । त्यस्तै राउतका कार्यकर्ता माथि निगरानी बढाएको छ भने राउतलाईसमेत खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
बाह्रविघा मैदानमा भव्यताका साथ कालो दिवस मनाउन स्वतन्त्र मधेश गठबन्धनले ‘चलु जनकपुर , भरु जनकपुर ’ नारा दिँदै व्यापक प्रचार प्रसार गर्दै आएका छन् । यसरी राज्य विरुद्ध गरेका क्रियाकलाप र संविधान बिरोधि लाई प्रहरीले पक्राउ गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्