काठमाडौं, २ असोज । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।
भूमध्य सागरको माथि उडिरहेका बेला रुसी आइआइ–ट्वेन्टी विमानसँगको सम्पर्क टुटेको हो । नेपाली समय अनुसार मंगलबार बिहान पौने २ बजेदेखि विमानसँगको सम्पर्क टुटेको हो ।
रुसले सन् २०१५ देखि सिरियामा सैन्य आक्रमण गर्दै आएको छ । राष्ट्रपति बसर अल–असदको आग्रहमा रुसले त्यहाँ सैन्य अभियान चलाइरहेको हो ।
सिरियामा गएको सात वर्षदेखि गृह युद्ध चलिरहेको छ । अहिलेसम्म गृह युद्धका कारण तीन लाख ५० हजार भन्दा बढीको ज्यान गएको छ ।
सिरियाबाट रुसको लाताकिया शहरका लागि उडेको विमान बेपत्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस्