चिनीमा सरकारकै सिन्डिकेट, मूल्य बढ्ने आशंका

काठमाडौं, असोज २ । स्वदेशी उद्योग प्रवर्द्धनको नाममा चाडबाडका मुखमा सरकारले वार्षिक एक लाख टनमात्रै चिनी आयात गर्न पाउने व्यवस्था गरेपछि भाउ बढेर उपभोक्ता मारमा पर्ने भएका छन् ।
प्रधानमन्त्री केपी ओलीको इच्छाअनुसार आइतबारको मन्त्रिपरिषद बैठकले वार्षिक एक लाख टनमात्रै चिनी आयात गर्न पाउने निर्णय गरेको हो ।
नेपाली उद्योगबाट उत्पादित चिनीले आयातितसँग प्रतिस्पर्धा गर्न नसकेर बिक्री नभएको भन्दै व्यवसायीले आयातमा रोक लगाउन ‘लबिङ’ गरिरहेका थिए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा चिनी सस्तो भई नेपालमा अत्यधिक आयात गरेर मौज्दात गरिसकेका व्यापारीले पनि आयात रोक्ने वा कोटा निर्धारणका लागि ‘लबिङ’ गरेका थिए ।
हाल भारतमा चिनीको खुद्रा मूल्य बढीमा ३३/३४ भारतीय रुपैयाँ पर्छ । त्यो चिनी भन्सारमा लाग्ने शुल्क र ढुवानी भाडासहित नेपाल भित्र्याएर करिब ६५ रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । तर, नेपाली उद्योगबाट उत्पादित चिनीको कारखाना मूल्य प्रतिकिलो ५७ देखि ६३ रुपैयाँ छ । यो चिनी बजारसम्म आइपुग्दा ७० रुपैयाँभन्दा बढीमा बिक्री हुन्छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्