काठमाडौं, ०१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका आमाबुवालाई न्याय दिलाएरै छाड्ने बताएका छन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर निर्मलाका बाबुआमाले ज्ञापनपत्र बुझाएका थिए त्यसपछि प्रधानमन्त्री ओलीले ४५ मिनेट कुरा गरेको स्रोतले जनाएको छ ।
भेटमा निर्मला पन्तकी आमाले आफूहरू न्याय माग्नका लागि काठमाडौं आएको बताउँदै उनले घरबाट निस्केदेखि अहिलेसम्मका घटना विवरण समेत प्रधानमन्त्रीलाई सुनाइन ।
प्रधानमन्त्रीले निर्मलाको हत्याका दोषीहरू जोसुकै भएपनि पक्राउ गरी कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै उनले भने “निर्मला तपाईंहरूकी मात्र छोरी हैनन् हाम्री पनि छोरी हुन, हामी उनका हत्यारा खोज्न सरकारले कुनै कसर बाँकी राख्ने छैन । हामीले यो घटनामा लापरबाही गर्नेलाई पनि कारबाही गरेका छौं । तपाईंहरू ढुक्क हुनुहोस ।”
प्रतिक्रिया दिनुहोस्