प्रतिनिधिसभाले विषयगत समितिका सभापतिको निर्वाचन प्रक्रिया सुरु गर्दै

काठमाडौं, असोज १ । प्रतिनिधिसभाले आजबाट विषयगत समितिको सभापति निर्वाचन प्रक्रिया सुरु गर्ने भएको छ ।
आगामी शुक्रबार सभापति निर्वाचन गर्ने गरी संघीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकले सभापतिको मनोनयन दर्ता र निर्वाचन समय तोक्ने तयारी गरेको छ ।
यसअघि गत भदौ १७ गतेका लागि तोकिएको निर्वाचन मिति अन्तिम समयमा स्थगित भएको थियो । प्रतिनिधिसभा नियमावली प्रयोग गरी सभामुख कृष्णबहादुर महराको निर्देशनमा निर्वाचन प्रक्रिया भदौ १५ गते अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको थियो ।
प्रतिनिधिसभा अन्तर्गतका १० वटा बिषयगत समितिमध्ये ९ वटामा नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफैं सभापति उठाउने तयारी गरेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने संसद्मा प्रतिनिधित्वका आधारमा समितिको नेतृत्व बाँडफाँड गर्नुपर्ने माग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्