काठमाडौं , १ असोज । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत एक सैनिक जवानलाई गोली लागेको छ ।
ती सैनिकलाई आइतबार गोली लागेको नेपाली सेनाले जनाएको छ । तर घाइते जवानको नाम भने सेनाले सार्वजनिक भने गरेको छैन ।
उनलाई खुट्टामा गोली लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार दक्षिणी सुडानको नेपाली सेनाको कम्पनी अपरेटिङ बेसबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको गस्ती फर्कने क्रममा उनलाई गोली लागेको हो ।
घाइते जवानलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानन्तरण गरी उपचार भइरहेको र घाइतेको अवस्था खतरामुक्त रहेको पनि सेनाले जानकारी दिएको छ । गोली दक्षिण सुडानको पिपुल्स लीवरेसन आर्मीका जवानबाट चलाएको बुझिएको सेनाको विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्