काठमाडौं,१ असोज । विश्व अटोमोबाइल सङ्गठन फेडेरेशन इन्टरनेशनल अटोमोबाइल्स, एफआईएको अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु हुँदैछ ।
नेपाल अटोमोबाइल एशोसिएशनले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालबाहेक करिब २५ देशका ४० जना र नेपालका २० जना अटोमोबाइलसँग सम्बन्धित व्यक्तित्व गरी ६० जनाको उपस्थिति हुने जानकारी जानकारी गराएको छ ।
सम्मेलनको उद्घाटन सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महाशेठले र समापन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले गर्ने छन् ।
उक्त सम्मेलनमा विभिन्न अटोमोबाइलसँग सम्बन्धित सङ्घसङ्स्थाहरुले आ–आफ्ना विभिन्न प्रकारका प्रस्तुति प्रस्तुत गर्ने भएका छन् ।
सम्मेलनले विश्वमा रहेका अटोमोबाइल क्षेत्रको विकासलाई मात्र नसमेटी नेपालको पर्यटन विकासलाई समेत उच्च प्रथामिकता दिई अघि बढ्ने एशोसिएशनका अध्यक्ष दशरथ रिसालले बताए।
प्रतिक्रिया दिनुहोस्