इंग्लिस प्रिमियर लिगमा वेष्टह्याम र वुल्भरह्याम्पटन वान्डरर्स विजयी

काठमाडौं,१ असोज । इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्स विजयी भएका छन् ।
गएराति भएको खेलमा लण्डन क्लव वेष्टह्यामले एभर्टनलाई ३-१ ले हरायो ।
लिगमा लगातार चार खेलमा पराजित हुँदै दबाबमा आएको वेष्ट ह्यामले पाँचौं खेलमा आएर लय समातेको हो ।
गएरातीको खेलमा वेष्ट ह्यामलाई विजयी गराउन युक्रेनका खेलाडी यार्मोलेङ्कोले दुई गोल गर्दा मार्को अर्नाउटोभिचले एक गोल थपे ।
पराजित टोली एभर्टनका लागि जिल्फी सिगुर्डसनले एक गोल फर्काए ।
प्रिमियर लिग फुटबलकै अर्को खेलमा वुल्भरह्याम्पटन वान्डरर्सले बर्न्लेलाई १–० ले हराएको छ ।
खेलका वुल्भरह्याप्टनलाई विजयी गराउन राउल जिमिनेजले निर्णायक गोल गरे ।
 Share
 Tweet
 Pin
 Share
प्रतिक्रिया दिनुहोस्