ए.पि.सि. नेपालको अध्यक्ष पदमा पुनःवाग्ले सर्वसम्मत रुपमा निर्वाचित

काठमाडौं,१ असोज । सडक बालबालिकाको संरक्षणको क्षेत्रमा बाह्र वर्ष देखि कामगर्दै आएको .पि.सि.नेपालको अध्यक्ष पदमा डा. मुकुन्द पथिक वाग्ले सर्वसम्मत रुपमा पुनःनिर्वाचित भएका छन् ।
३१ गते भएको १२ औं साधारण सभाबाट पथिक दोश्रो कार्यकालका रुपमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
साधारण सभाबाट अध्यक्षमा निर्वाचित भएपछि डा.  पथिकले आगामी दिनहरुमा ए.पि.सि.नेपाललाई अझैं व्यवस्थित ढङगले सञ्चालन गरिने बताए।
समाज कल्याण परिषद्का कोषाध्यक्ष एंव कार्यक्रमका प्रमुखअतिथि वीर बहादुर ठगुन्नाले लामो समयदेखि ए.पि.सि.नेपालले सडक बालबालिकालाई संरक्षण गरेकोमा खुसी व्यक्त गरे ।
१२ औं साधारण सभा कार्यक्रममा उनले ए.पि.सि.नेपालले गर्दै आइरहेको कार्यक्रम प्रशंसनीय रहेको बताए ।
त्यसैगरी कार्यक्रममाबोल्दै महिला, बालबालिकातथा जेष्ठनागरिक मन्त्रालयका उप-सचिव सुनिता नेपालले लामो समयदेखिए.पि.सि.नेपालले चुनौतीपूर्ण कार्यक्रमहरु सञ्चालनगर्दै आइरहेको बताईन ।
उक्त कार्यक्रममा विगतमा संस्थाले गरेका गतिविधि तथाआगामी कार्यक्रमहरुका बारेमा संस्थाका कार्यकारी निर्देशक निलकण्ठ आचार्यले प्रकाश पारेका थिए।
कार्यक्रममा साधारण सभाको साथै २०७४र७५ को सामाजिक लेखा परिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ ।
कार्यक्रममा केन्द्रिय बालकल्याण समितिका सुनिताशाह, बालबालिका खोजतलास केन्द्र लगायत विभिन्न विद्यालय, अभिभावक तथा बालबालिकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्