सम्पादक कार्की ‘सेभ द हार्ट’ बाट सम्मानित
जागरण न्युज
काठमाडौं, ३१ भाद्र । मुटु जोगाऊँ ‘सेभ द हार्ट’ले पत्रकार रुद्र कार्कीलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यबाट स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न योगदान पुर्याएकोमा उच्च कदर गर्दै सेभ द हार्टको पाँचौ वार्षिकोत्सवको अवसरमा आज रिपोर्टर्स नेपाल डटकमका सम्पादक कार्कीलाई सम्मान गरिएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सेभ द हार्टका अध्यक्ष एवं बरिष्ठ मुटुरोग विशेषज्ञ उप—प्राध्यापक डा. अनिल भट्टराईले उक्त अवसरमा पत्रकार कार्कीलाई सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।
विगत एक दशकदेखि पत्रकारीतामा सक्रिय रहेका पत्रकार कार्कीले सिँगो नेपाली पत्रकारिता जगतमा पु¥याएको अमूल्य योगदानको उच्च कदर गर्दै उनलाई सेभ द हार्ट–२०७५ बाट सम्मानित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्