काठमाडौं,३१ भदौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले सहायक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने लघुवित्त व्यवस्थापन तालिमको आयोजना गरेको छ ।
तालिम कार्यक्रम लघुवित्तको सिद्धान्त, केन्द्र व्यवस्थापन, कर्जा विश्लेषण तथा सदुपयोगिता, संस्थाको आत्मनिर्भरता तथा दीगोपन, उद्यमशीलता तथा व्यवसायिक अवसरको विश्लेषण, भाका नाघेको कर्जा व्यवस्थापन तथा न्यूनिकरणका उपायहरु सम्बन्धमा केन्द्रीत थियो ।
तालिम समापन पश्चाच सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले तालिमले सहभागीहरुको प्रभावकारी कार्यसम्पादनमा आत्मविश्वास बढ्ने साथै लक्ष्य अनुसार प्रगति हासिल गर्नमा समेत सहयोग पुग्ने विश्वास लिएको बताए ।
तालिममा बोल्ने सहभागीले दैनिक रुपमा गर्दै आएका कार्यहरुमा अझ बढी ज्ञान अभिवृद्धि भई दक्षता हासिल भएको अनुभव साटेका थिए ।
कार्यक्रमलाई थप प्रभावकारी रुपमा संचालन गर्न सहयोग पु¥याउन, कर्जा व्यवस्थापन सम्बन्धी थप ज्ञान हासिल गराउन, नियमित कार्यसम्पादन क्षमता विकास गर्न साथै लघुवित्तमा देखिएका समस्या र चुनौतिहरुको समाधानको उपायहरु बारे अबगत गराउन आयोजना गरिएको तालिममा लघुवित्त क्षेत्रका विज्ञ, तालिम विज्ञ तथा संस्थाका विभागीय प्रमुखहरुबाट विभिन्न सत्रहरु संचालन भएका थिए ।
तालिममा विभिन्न शाखा / उपशाखा कार्यालयमा कार्यरत ३० जना सहायक स्तरका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्