काठमाडौँ, ३१ भदौ । संघीय संसद्का दुई सदनमा विचाराधीन रहेका मौलिक हक कार्यान्वयनका १५ मध्ये १३ विधेयक पारित भएका छन्।
दुबै सदनले शुक्रबार र शनिबार अधिकांश विधेयक पारित गरेका हुन्। प्रतिनिधिसभाले शुक्रबार ७ र शनिबार ४ विधेयक पारित गरेको हो ।
पारित विधेयकमा प्रतिनिधिसभामा दर्ता भई कारबाही प्रक्रिया अघि बढाइएका ९ र राष्ट्रियसभामा दर्ता भएका चार विधेयक छन्।
संघीय संसदमा दुबै सदनबाट भने दुई विधेयक पारित भएका संसद् कार्य सञ्चालन नियमावली अनुसार दुबै सदनबाट पारित भएपछि मात्रै विधेयक प्रमाणीकरणका लागि पठाइनेछ।
शनिबार पारित भएका चारमध्ये दुई विधेयक भने राष्ट्रियसभाबाट पारित भई पेस भएका विधेयक हुन्।
यस्तै, राष्ट्रियसभाले शुक्रबार तीन र शनिबार एक विधेयक पारित गरेको हो। सबै विधेयक राष्ट्रियसभामा दर्ता भएका विधेयक हुन्।
प्रतिनिधिसभामा पारित भई राष्ट्रियसभामा पेस भएका विधेयक भने संशोधन दर्ताका चरणमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस्