साफ च्याम्पियनसिपको उपाधि मालदिभ्सलाई, भारत २–१ ले पराजित

काठमाडौं, भदौ  ३१ । बंगलादेशमा सम्पन्न साफ सुजुकी कप फुटबल प्रतियोगिताको उपाधि माल्दिभ्सले जितेको छ ।

शनिबार ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा भएको प्रतियोगिताको फाइनल खेलमा माल्दिभ्सले भारतलाई २–१ ले पराजित गर्‍यो ।

अघिल्लो संस्करणको च्याम्पियन भारतलाई हराउँदै माल्दिभ्सले ‘साफ सुजुकी कप २०१८’को उपाधि जितेको हो ।

माल्दिभ्सलाई उपाधि दिलाउनेक्रममा इब्राहिम माहुदी र अलि फसरले एक/एक गोल गरे । भारतका लागि अतिरिक्त समयमा सुमीत पासीले एक सान्त्वना गोल फर्काए ।

माल्दिभ्सको यो दोस्रो साफ उपाधि हो । यसअघि, माल्दिभ्सले सन् २००८ को फाइनलमा भारतलाई नै पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो ।

समूह चरणमा पनि यी दुई राष्ट्रबीच खेल भएको थियो । जसमा भारत २–० ले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्