प्रतिनिधि सभाको बैठक “वैयक्तिक गोपनियतासम्बन्धी विधेयक, २०७५” पारित

काठमाडौँ, ३० भाद्र । प्रतिनिधिसभाको आजको बैठकले “वैयक्तिक गोपनियतासम्बन्धी विधेयक, २०७५” पारित गरेको छ ।
आजको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त प्रस्ताव पारित गरियोस् भनी प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले गोपनियताको हक व्यक्तिको मानसम्मान र सुरक्षाका लागि अति नै महत्वपूर्ण आवश्यक भएको बताए ।
उनले गोपनियताको हक सुरक्षित गर्दा अपराधी नउम्किउन् भन्नेमा पनि सचेत हुनुपनि त्यत्किै महत्वपूण कुरा भएको बताउँदै पूर्वक छलफल भएको उल्लेख गरे ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मीना पाण्डेले “सामाजिक सुरक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५” पेश गर्नुभयो । त्यस्तै शिक्षा तथा स्वास्थ्य समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले “अनिवार्य तथा निःशुल्क शिक्षाविधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५” पेश गरे ।
बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको “अपराध पीडित संरक्षण, २०७५” र बालबालिकासम्बन्धी विधेयक, २०७५” विधेयक टेबुल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्