साफ च्याम्पियनसिप : उपाधिका लागि भारत र माल्दिभ्स भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं, भदौ ३० । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल शनिबार बंगलादेशको ढाकामा हुँदैछ । उपाधिका लागि साबिक विजेता भारत र माल्दिभ्सबिच प्रतिपस्पर्धा हुनेछ ।
ढाकाको बंगबन्धु रंगशालमा हुने खेलमा भारत लगातार उपाधि उचाल्ने लक्ष्य तथा माल्दिभ्स भारतलाई रोक्ने प्रयासमा हुनेछ । माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० तथा भारतले पाकिस्तानलाई ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।
भारत र माल्दिभ्सबिच साफमा अरु कुनै टिम भन्दा धेरै पटक भेट भएको छ । यी दुई टोलीबिच साफमा अहिलेसम्म १२ पटक भेट भएकोमा फाइनलमा मात्रै चार पटक भेट भइसकेको छ ।
पछिल्लो पटक सन् २००९ को फाइनलमा भारतले माल्दिभ्सलाई पेनाल्टीमा हराएको थियो । पाँचौँ पटक फाइनलमा पुगेको माल्दिभ्सले सन् २००८ मा भारतलाई हराएर उपाधि जितेको थियो ।
अहिले यी दुई देश समूह चरणमा एउटै समूहमा थिए । समूह चरणको खेलमा भारतले २–० को जित निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस्