दृष्टी विहीन केसीले भनिन् -अपाङ्गता भएका व्यक्तिलाई सामान्य भत्तामा अल्झ्याएर समृद्ध मुलुक निर्माण गर्न सकिदैन

काठमाडौं, भदौ ३० । प्रभावकारी उत्प्रेरक वक्ता श्रृष्टी केसीले अपाङ्गता भएका व्यक्तिहरुलाई विशिष्ट क्षमताको भरपुर उपयोग गर्न र सोही प्रकारको वातावरण र अवसर उपलव्ध गराउन सके उनीहरु तीन गुणा कर राज्यलाई तिर्न सक्ने हैसियतमा रहेको बताएकि छन् ।
विवेकशील साझा पार्टीले शुरु गरेको समता संवाद शृंखलामा दृष्टी विहीन समेत रहेकी केसीले फरक र विशिष्ट क्षमता भए पनि अपाङ्गता भएका व्यक्तिहरुलाई दयाको भावनाले सामान्य भत्तामा अल्झ्याएर संवृद्ध मुलुक निर्माण गर्न नसकिने बताईन ।
उनले विवेकशील साझा पार्टीले उठाएका इमानको राजनीति,भ्रष्टाचार विरोधी राजनीति, समतामुलक संवृद्धि अभियान जस्ता महत्वपूर्ण सवालप्रति आफ्नो आदरभाव रहेको बताईन ।
पार्टीको केन्द्रीय सदस्य तथा सामाजिक न्याय विभाग प्रमुख प्रकाशचन्द्र परियारले समतामलुक,सामाजिक न्याय र समावेशिता विनाको संवृद्धि दिगो नहुने भन्दै समाजमा रहेका सवै प्रकारका विभेद,असमानता चिर्दै मानव मर्यादाको प्रवर्धनमा जोड दिइन।
किशोरावस्थामै दृष्टी गुमाएकी श्रृष्टी केसीले अथक मेहनत,निरन्तर पहल र सदा उच्च मनोवलले आफूलाई अझ सशक्त,परिष्कृत, समाजपयोगी प्रतिभाको परिचय बनाई आज उनी प्रभावशाली उत्प्रेरक वक्ताका रूपमा नेपाल तथा कतिपय विदेशी मुलुकहरुमा समेत आफ्नो अनुभव,ज्ञान र सीपको प्रस्तुती गरिरहेकी छन ।
प्रतिक्रिया दिनुहोस्