प्रचण्ड भोलि चीन र ओली ६ गते अमेरिका जादै , एजेण्डाहरु यस्ता छन्

काठमाडौँ, २९ भदौ ।  भारत भ्रमणबाट फर्किएको एक सातापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि (शनिवार) चीन भ्रमणमा जाने भएका छन् ।
पार्टी एकतापछि प्रचण्डको यो पहिलो चीन भ्रमण हो ।
सरकारले लिएको आर्थिक समृद्धि र विकासको एजेण्डामा छिमेकी मुलुकको सहयोग अभिवृद्धि गर्नु आफ्नो भ्रमणको उद्देश्य रहेको प्रचण्डले बताउँदै आएका छन् ।
चीनमा रहँदा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको नेकपा स्रोतले बताएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेकपाका अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली असोज ६ गते अमेरिका जाने भएका छन् ।
असोज ३ मा संविधान दिवस मनाएपछि ओली अमेरिका जाने कार्यक्रम रहेको नेकपा स्रोतले जनाएको छ ।
यसअघि बिहीवार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले प्रदेश, जिल्ला र जनसंगठनको एकतासम्बन्धी प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस्