निर्मला पन्त बलात्कार–हत्या अनुसन्धानमा लापर्बाही गरेको आरोपमा निलम्बित एसपी विष्टसहित ३ जनाको डिएनए परीक्षण सुरू

काठमाडौं, २८ भाद्र । कञ्चनपुरमा १३ वर्र्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानमा लापर्बाही गरेको आरोपमा निलम्बित भएका एसपी डिल्ली विष्ट उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर) का नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षण सुरू गरिएको छ ।
डिएनए परिक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्राध्यापक डा. हरिहर वस्तीले नमूना संकलन गरेर प्रहरीलाई बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्