तीन वर्षभित्र काठमाडौंमा मोनोरेल निर्माण हुने

काठमाडौं, २८ भाद्र ।   अबको तीन वर्षभित्र काठमाडौंमा मोनोरेल निर्माण हुने भएको छ ।
मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी सीआरसीसीले आज काठमाडौं र ललितपुर महानगरपालिकालाई आफ्नो प्रतिवेदन  हस्तान्तरण गरेको छ ।
काठमाडौं र ललितपुरमा पर्ने २७ किलोमिटरको चक्रपथमा तीन वर्षभित्र मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । जसको लागि एक खर्ब १६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रतिवेदन अध्ययनपछि छिट्टै डीपीआर प्रक्रिया सुरु गर्ने जानकारी दिए ।
सीआरसीसी कम्पनीले गएको जेठ ११ गते ६ महिनाको समयमा सम्भाव्यता अध्ययन गर्ने सम्झौता गरेकोमा तीन महिनामै प्रतिवेदन बुझाएको हो ।
प्रतिक्रिया दिनुहोस्