विशाखापट्टनमबाट पहिलोपटक सामान बोकेर वीरगञ्ज आयो रेल

काठमाडौं, भदौ २६ । भारतको आन्ध्रप्रदेशमा रहेको विशाखापट्टनम बन्दरगाहबाट पहिलोपटक इलेक्ट्रोनिक्स कन्टेनर ट्रयाकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको मालबाहक रेल नेपालको सुख्खा बन्दरगाह वीरगञ्ज आइपुगेको छ।

भदौ १२ गते विशाखापट्टनमबाट ९० टीईयुज बोकेर नेपालको सुख्खा बन्दरगाहका लागि छुटेको रेल १४ औँ दिनमा सोमबार साँझ नेपालको वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा आइपुगेको खबर आजको कारोबार दैनिकमा वीरगञ्जबाट नीरज पिठाकोटेले लेखेका छन्।

२० फिट र४० फिटको कन्टेनर बोकेको रेल विशाखापट्टनम बन्दरगाहमा लगाइएको इलेक्ट्रोनिक्स कन्टेनर ट्रयाकिङ सिस्टम (ईसीटीएस) सहितको मालबाहक रेल हो।

योसँगै अब विशाखापट्टनमबाट सिधा सीआइए वीरगञ्जको सुख्खा बन्दरगाहमा आएको छ। यसले सामान ओसारपसारमा सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्