गोरखामा भेटिएको १० किलो सुन चिनियाँको !
काठमाडौं, भदौ २६ । शनिबार गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
शनिबार नियमित चेकजाँचका क्रममा सिर्दीबास प्रहरी चौकीले कम्मरमा पेटीसँगै बाँधेर सुन ल्याएको अवस्थामा चुमनुब्री गाउँपालिका–७ छेकम्पारका नुटुप लामा र लोप्चन तेन्जेनलाई पक्राउ गरेको थियो ।
पक्राउपछि उनीहरुले प्रहरीलाई दिएको बयानका आधारमा सुन सबै चिनियाँ नागरिकको भएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी विमल बस्नेतले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्