काठमाडौं, २५ भदौ । राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखनमा संलग्न एजेन्टमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार मानव बेचबिखनसम्बन्धि राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै मानव बेचबिखनमा संलग्न एजेन्टमाथि कडा कार्वाही गर्न सरकारलाई सचेत गराएको हो ।
कार्यक्रममा बोल्दै आयोगकी प्रवक्ता मोहना अनसारीले मानव बेचबिखन नियन्त्रणका लागि सरकारी निकायबीच रहेकोे सोसम्बन्धि तथ्यांक एकीकृत गर्न एकीकृत प्रणाली स्थापना गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।
सरकारी निकायहरुबीच आवश्यक समन्वयको अभावमा पनि नेपालमा मानव बेचबिखन बढदै गएको आयोगको प्रतिवेदनमा उल्लेख छ । पीडितले प्राप्त गर्ने क्षतिपूर्तिलाई सहज र सरल रुपमा उपलब्ध गराउन पनि आयोगले सरकारलाई निर्देशन गरेको छ ।
आयोगकी प्रवक्ता अनसारीले मानव बेचबिखन नियन्त्रणका लागि संघीय ढाँचाअनुसार संरचना तत्काल निर्माण गर्न पनि सरकारलाई भनिएको बताइन् । त्यसैगरी आर्थिक तथा सामाजिक सशक्तिकरणका माध्यामबाट मानव बेचबिखन रोक्न पनि प्रभावकारी कदम चाल्न सरकारलाई पुुनः ध्यानाकर्षण गराउनु परेको आयोगकी प्रवक्ता अनसारीले बताइन् ।
आयोगले गरिवी मानव बेचविखनको मुख्य कारण रहेको औंल्याउँदै त्यसलाई निवारण गर्न पनि सरकारलाई सचेत गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्